News Portal

माओवादीको स्थायी समिति बैठक फेरि किन भयो स्थगित

माओवादीको स्थायी समिति बैठक फेरि किन भयो स्थगित

फेवाखबर संवाददातापोखरा , २० माघ ।
२०६ पटक
पोखरा , २० माघ ।

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक फेरि स्थगित भएको छ।

शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको माओवादीको स्थायी समिति बैठक शनिबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।

यसअघि बुधबार र बिहिबार पनि उक्त बैठक स्थगित भएको थियो। यसअघिको स्थायी समिति बैठकमा २७ जना सदस्यहरुले आ–आफ्नो धारणा राखिसकेका छन्।

गृह मन्त्रालयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले २ दिने अल्टिमेटम दिएका कारण बैठक सरेको बताइएको छ। गृह मन्त्रालयको नेतृत्वबारे प्रधानमन्त्री प्रचण्डले छलफल तथा परामर्शलाई तिव्रता दिएका छन्।

पछिल्लो समय गृह मन्त्रालयलाई लिएर गठबन्धन संकटमा परेको चर्चा भइरहेको छ।

प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय आफैंसँग राख्ने प्रयासमा छन् भने रास्वपका सभापति रवि लामिछाने फेरि गृहमन्त्री बन्ने चाहना गरिरहेका छन्। लामिछानेलाई ओलीले पनि साथ दिइरहेका थिए।

गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज गरेसँगै उनले उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउन पुगेका थिए।

आइतबार नयाँ नागरिकता लिएपछि लामिछाने पार्टीको सभापति बनिसकेका छन् भने गृह मन्त्रालयका लागि दौडधुप गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्