Skip

Click here to see more…

News Portal

संसदीय प्रक्रिया बुझाउन सांसदलाई दुई दिने अभिमुखीकरण तालिम आज सुरु

संसदीय प्रक्रिया बुझाउन सांसदलाई दुई दिने अभिमुखीकरण तालिम आज सुरु

फेवाखबर संवाददाता पोखरा , १९ माघ ।
२२३ पटक
पोखरा , १९ माघ ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुलाई अभिमुखीकरण तालिम दिँदैछ। संसदीय प्रक्रिया बुझाउन आज र भोलि अभिमुखीकरण दिइन लागेको हो ।

अभिमुखिकरण कार्यक्रममा संसदीय अभ्यास, प्रणली बजेट निर्माण कानून निर्माण जस्ता कुरा सिकाइने सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए।

सचिवालयको आयोजनाका हुन लागेको दुई दिने कार्यक्रम विहान ११ बजेदेखि ४ बजेसम्म संघीय संसद भवन नयाँ बानेश्वरको लोत्से हलमा हुनेछ। अभिमुखि कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाइएको सचिव पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार, डाक्टर युवराज खतिवडाले बजेट निर्माण, योजना र त्यसमा सांसदहरुको भूमिकाबारे सिकाउनेछन्। यसै गरी नीति प्रतिष्ठाका अध्यक्ष डाक्टर विष्णुराज उप्रेतिले सार्वजनिक नीतिको बारेमा सांसदहरुलाई अभिमुखीकरण तालिम दिनेछन्।

यस्तै डाक्टर खिमलाल देवकोटाले समितिमा सांसदहरुको भूमिका, कानून आयोगका पूर्व अध्यक्ष माधव पौडेलले कानून निर्माणका बारेमा सांसदहरुलाई सिकाउनेछन्।

पूर्व उपसभामुख पुष्पा भुसाललले शून्य समयको बारेमा सांसदहरुलाई सिकाउने कार्यक्रम रहेको छ।

यस्तै संविधान सभाका अध्यक्ष सुवास नेम्बाङले प्रभावकारी संसद अभ्यासका बारेमा सांसदहरुलाई अवगत गराउनेछन्।

प्रतिकृया दिनुहोस्