News Portal

दोहोरी गीत प्रतिष्ठान गण्डकीको अध्यक्षमा राजन कार्की , उपाध्यक्षमा माया गुरुङ्ग

दोहोरी गीत प्रतिष्ठान गण्डकीको अध्यक्षमा राजन कार्की , उपाध्यक्षमा माया गुरुङ्ग

फेवाखबर संवाददातापोखरा ,१७ माघ ।
१६६ पटक
पोखरा ,१७ माघ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको पाँचौ अधिवेशनबाट अध्यक्षमा राजन कार्की निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न अधिवेशनमा कार्कीले प्रतिद्धन्द्धी पूर्ण परियारलाई ५ मतान्तरले पराजित गरेका हुन् । खसेको १६४ मतमा कार्कीले ८२ प्राप्त गरे भने परियारले ७७ मत प्राप्त गरे ।

यस्तै वरिष्ठ उपाध्यक्षमा माया गुरुङ निर्वाचित भएकी छिन् । उनले १०० मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी केशव देवकोटाले ५६ मत प्राप्त गरे । प्रथम उपाध्यक्षमा दिलु लामा निर्वाचित भएकी छिन् । उनले ८६ मत पाउँदा निकटतम प्रतिस्पर्धी आरसी पौडेलले ६९ मत प्राप्त गरे ।

द्वितिय उपाध्यक्षमा तीन जनाको उम्मेदवारी थियो । जसमा जय नारायण लम्सालले २६, प्रेमराज अधिकारीले १०७ र अकल विरही गुरुङले १५ मत प्राप्त गरे । यसरी आगामी कार्यकालका लागि द्वितिय उपाध्यक्षमा अधिकारी निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा मञ्जु विक निर्विरोध निर्वाचित भएकी छिन् । सचिव पदमा रामजी पौडेल पनि निर्विरोध निर्वाचित भएका छन् । यस्तै महिला सचिवमा ज्योती लोहनी पनि निर्विरोध निर्वाचित भएकी छिन् ।

कोषाध्यक्षका पदका लागि केशव घिमिरे र कृष्ण सुवेदीको प्रतिस्पर्धामा सुवेदी विजयी भएका छन् । उनले ९७ मत प्राप्त गर्दा घिमिरेले ४६ मत पाए । सहसचिव पदका लागि पनि तीन जनाको प्रतिस्पर्धा थियो । जसमा दिपक पौडेल, विमल जिसी र प्रेम बस्याल रहेका थिए । सहसचिवमा पौडेल ६४ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धीद्वय जिसी र बस्यालले क्रमशः ३५ र ५० मत प्राप्त गरे । सह—कोषाध्यक्ष पदमा होम गुरुङ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धीद्वय अनिता पन्त र निशा पोख्रेलले क्रमशः४२ र २४ मत प्राप्त गरे ।

सदस्यहरु सबै निर्विरोध चयन भएका छन् । महिला सदस्यमा मधु चापागाई, टौसेवा गुरुङ सविना, सुनिता नेपाली, सपना परियार चयन भएका हुन् । यस्तै भूगोल तर्फ स्याङजाबाट ऋषि डुम्रे, म्याग्दीबाट अमित विश्वकर्मा, बाग्लुङबाट हरी सुनार, कास्कीबाट माधव चापागाई, तनहुँबाट विष्णु पराजुली अधिकारी, लमजुङबाट टसबहादुर गुरुङ, नवलपुरबाट विष्णु कुमार वाग्ले, गोरखाबाट विकास नेपाली, पर्वतबाट सरस्वती लामिछाने निर्विरोध निर्वाचित भएका छन् । खुल्ला सदस्यहरुमा ज्ञानेश्वर सुवेदी, प्रकाश बराल, सन्दीप परियार, विक्रम गुरुङ,धिरन थापा, कृष्ण गैह्रे, टेक क्षेत्री निर्विरोध निर्वाचित भएका छन् ।

लोकदोहोरी गायक एवम् प्रतिष्ठान केन्द्रका प्रथम उपाध्यक्ष पशुपति शर्माको संयोजकत्वमा १६ सदस्यीय निर्वाचन मण्डल कमिटि गठन गरिएको थियो । जसमा सह—संयोजक जीवन दाहाल, सदस्यहरुमा रामजी खाँड, दिपक खड्का, सुभाष केसी, राधिका हमाल, शिव हमाल, सरला पाण्डे, तारानाथ आचार्य, शंकर विरही गुरुङ, चोलेन्द्र पौडेल, तारापति सुवेदी, पार्वती जिसी रहेका थिए । निर्वाचन अधिकृत दुर्गा प्रसाद कोइराला थिए । कार्कीको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिको कार्याकाल तीन वर्षको हुनेछ ।

प्रतिकृया दिनुहोस्