News Portal

पोखरामा आफैलाई आगो लगाउने को हुन ? ( भिडियो सहित )

फेवाखबर संवाददातापोखरा , १५ माघ
३२५ पटक
पोखरा , १५ माघ

मुनामदन

पोखरामा आइतबार बिहान भएको घटनाले  जिल्ला प्रहरी कार्यलय कास्कीलाई टाउको दुखाई बनेको छ ।
पोखरामा आइतबार विहान अन्दाजी ६ः३० बजेको समयमा जलेका दुई जनामध्ये महिलाको अवस्था गम्भीर छ भने पुरुषको अवस्था सुधारोन्मुख रहेको छ । पोखरा महानगरपालिका(१३ काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४० वर्षका कृष्णबहादुर क्षेत्री र उनी बस्दै आएका घरको घरभेटी सङ्गीता गैतम सापकोटा जलेका हुन ।

उनीहरुको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कृष्णबहादुरले विगत १५ वर्ष देखी संगीताको घरमा स्टेशनरी पसल चलाउँदै आएका थिए ।‘महिला ८५ प्रतिशत जलेकाले ICU मा राखेर उपचार भइरहेको छ, अवस्था चिन्ताजनक छ’, अस्पतालका निर्देशक भरत खत्रीले भने, ‘पुरूष २५ प्रतिशतमात्र जलेका छन । इमर्जेन्सीबाट सर्जरीमा सारेर उपचार भइरहेको छ ।’ घटनाप्रति दुबैजनाको परिवार आश्चर्यमा परेका छन । कृष्णबहादुरकी श्रमती र संगीताका श्रीमान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै छन । घटनाबारे अनेक अड्कलबाजी भए पनि ठ्याक्कै यकीन भएको छैन ।
प्रहरीका अनुसार कृष्णले शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्दा घरधनी महिलाले देखेर बोतल खोस्दा उनको शरीरमा पनि पेट्रोल परेको र आगो लागेको हो ।

‘शनिबार नै बाइकमा प्रट्रोल सकियो भनेर साथीसँग एउटा बोतलमा पेट्रोल लिएका रहेछन ’, एक प्रहरी अधिकारीले भने, ‘बिहान प्रट्रोलको बोतल लिएर बाथरुममा गई शरीरमा छर्किएर आगो लगाउँदै रहेछन्न। घरबेटी महिलाले देखेर बोतल खोस्दा उनको ज्यानमा पनि पेट्रोल खस्यो र उनलाई पनि आगो लाग्यो भन्ने छ । थप अनुसन्धान भइरहेको छ ।’

उनले चिकित्सकहरुलाई आफूलाई बाँच्न मन नभएको भन्दै उपचार नगर्न आग्रह गरेका छन । प्रहरीका अनुसार कृष्ण आर्थिक समस्यामा थिए । उनकी श्रीमतीले मादी गाँउपालिकाको ताङतिङमा रहेको शिन्दु आधारभुत विद्यालयमा विगत २ वर्ष देखि करारमा पढाउदै आएकी छन् । कृष्णले प्रहरीलाई आफू आर्थिक समस्यामा रहेको र मर्न पाउनुपर्ने बताएका छन । प्रारम्भिक अनुसन्धान भइरहेको छ , कूष्ण डिप्रेसनमा रहेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए।
उद्धारकर्ता तथा छिमेकी समेत रहेका रामचन्द्र सापकोटाले आफुले सङ्गीता चिचाएको आवाज सुने पछि के भएछ भनेर हर्दा धुवा देखेपछि नजिकको छिमेकीहरुलाई गुहार्दै उद्धार कार्यमा खटीएको बताए । सुरुमा रामचन्द्रले महिलाको मात्र देख्दा कूष्ण्की श्रीमती मना पौडेल रहिछन कि भन्ने शङ्का लागेता पनि पौडेल नभएर सङ्गीता रहेको पछि मात्र त्यँहा भएको बताए ।
उद्धार कार्यमा खटिएका पूर्व राष्ट्रसेवक रामचन्द्र र वुद्धीबहादुर दुवैले होसियारीताका साथ सक्दो छिटो छरितो गरि अस्पताल पठाउनका लागि रामचन्द्र सवारी साधन लिन गए । वुद्धी घरमा र कपडामा लागेको आगो नियन्त्रण गर्दै ज्यादा कुष्ण पनि जल्दै गरेको देखे , कृष्णको दुवै हात र कट्टी मुनीको भागमा जलेको छ । स्थानियका अनुसार घटना रहस्यमय   भएको बताउछन्  ।
सरकारले प्रेम आचार्यको आत्मदाहाको घटना  बाहिरिए लगतै खुल्ला रुपमा पेट्रोलीयम प्रदार्थको बिक्री बितरण गर्न रोक लगाए पनि यस्ता घटना  दोहोरीनुले सरकार र प्रशासनलाई प्रश्न  खडा हुन्छ ।

प्रतिकृया दिनुहोस्