News Portal

फागुन २८ भित्र राष्ट्रपति चुनाव नगरे अनिष्ट हुन्छ : शेखर कोइराला

फेवाखबर संवाददातापोखरा, १४ माघ ।
४२५ पटक
पोखरा, १४ माघ ।

कांग्रेस नेता डा .शेखर कोइरालाले आगामी फागुन २८ भित्र राष्ट्रपतिको चुनाव नगरे देशमा अनिष्ट हुने बताएका छन् ।

विराटनगरमा नेपाल प्रेस युनियनको पहिलो प्रदेशको अधिवेशन उद्घाटन गर्दै कोइरालाले कुनै पनि बहानामा राष्ट्रपतिको चुनाव पछाडि धकेल्न नहुने बताएका हुन् ।

‘राष्ट्रपतिको निर्वाचन पछाडि सार्नेगरी इफ, बट केही पनि स्वीयकार्य छैन’, कोइरालाले भने, ‘फागुन २८ गतेभित्र राष्ट्रपतिको चुनाव नगरिए देशमा अनिष्ट हुन्छ ।’

राष्ट्रपतिको चुनाव कांग्रेसको प्राथमिकतमा रहेको भन्दै कोइरालाले पार्टीले उम्मेदवारी दिने पनि प्रस्ट्याए।
देशमा देखिएको नयाँ सत्ता गठबन्धन र हिजो गूहमन्त्री लामिछानेको नागरिकताको फैसालाले अब देशमा जे पनि हुन सक्ने भन्दै राष्टपतीको चुनाव अथासक्य छिटो गर्नु पर्ने बताएका हुन ।

प्रतिकृया दिनुहोस्