News Portal

खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न निगमको निर्देशन जारी

फेवाखबर संवाददातापोखरा ११ माघ ।
२०१ पटक
पोखरा ११ माघ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खुला रूपमा बोतल, जर्किनलगायतका भाँडामा बिक्री वितरण नगर्न बिक्रेताहरूलाई निर्देशन जारी गरेको छ।

असुरक्षित ओसारपसार तथा घर पसलमा भण्डारण गर्दा आगलागी र मानवीय एवं भौतिक क्षतिसमेत हुने भएकाले पेट्रोल पम्पबाट सवारी साधनमा सीधै भर्नेबाहेक अन्य तरिकाले बिक्री नगर्न निगमले भनेको छ।

यसै विषयमा जिल्ला प्रहरी परिसर, काठमाडौंले माघ १० र ११ गते सूचनासमेत प्रकाशित गरेकाले सोहीअनुसार गराउनु निगमले आग्रह गरेको हो ।

प्रतिकृया दिनुहोस्