News Portal

जेन–जी फ्रन्टको केन्द्रीय र प्रदेश संरचना विस्तार

फेवाखबर संवाददाता
३६१ पटक

नेपाल जेन–जी फ्रन्टले २३ र २४ भदौको जेन–जी विद्रोहलाई संस्थागत गर्ने उद्देश्यले केन्द्रीय र प्रदेशस्तरीय संरचना विस्तार गरेको छ।

फ्रन्टले सुशासन, पारदर्शिता, जवाफदेहीता र डिजिटल अभिव्यक्ति स्वतन्त्रताको पक्षमा तथा भ्रष्टाचार, कुशासन र डिजिटल निरंकुशताको विरुद्धमा अभियान सञ्चालन गरिरहेको पनि जनाएको छ।

फ्रन्टका अनुसार, हालै बसेको केन्द्रीय संयोजन समितिको अनलाइन बैठकले केन्द्रीय विभागीय सदस्य तथा सातै प्रदेशका सम्पर्क व्यक्तिहरू तोकेको छ। यसमार्फत देशभरका जेन–जी, युवा र विद्यार्थीहरूलाई सहजीकरण र समन्वयमा ल्याइने बताइएको छ।

फ्रन्टका केन्द्रीय विभागीय सदस्यमा जनसम्पर्क समितिका रितु खड्का, अभियान समितिमा अमृता बन र सूचना प्रविधि समितिका संविधान प्रसाई छन्।

त्यस्तै, प्रदेशस्तरीय सम्पर्क व्यक्ति क्रमश: प्रदेश नं. १ मा रोहन दंगाल, मधेश प्रदेशमा मो. नजरे आलम, बागमती प्रदेशमा सचिन चापागाईं, गण्डकी प्रदेशमा साबिज मिया, लुम्बिनी प्रदेशमा सौरभ न्यौपाने, कर्णाली प्रदेशमा बिनिता बोगटी र सुदूरपश्चिम प्रदेशमा नवीन बिष्ट तोकिएका छन्।

प्रतिकृया दिनुहोस्