News Portal

बजेट विवादले बागमती प्रदेशसभा बैठक स्थगित, अब असार १६ गते बस्ने

फेवाखबर संवाददाता
४५ पटक

बागमती प्रदेश सभाको बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।

संसद सचिवालयले बैठक स्थगित हुनुमा ‘विशेष कारण’ भनेको छ । तर बजेटमा सत्तापक्षकै सांसदको तीव्र विरोधका कारण बैठक सरेको स्रोतले बतायो ।

बुधबार बेलुका बसेको कांग्रेस संसदीय दलको बैठकमा नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्यहरुले बजेटप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको चर्को आलोचना गर्दै गरेका थिए ।

बुधबार राति अबेरसम्म बसेको संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले मुख्यमन्त्री लामा र आर्थिक मामिलामन्त्री काफ्लेले आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको भन्दै आलोचना गरेका हुन् । उनीहरुले बजेटमा बिचौलिया हाबी भएको र बिचौलियाको स्वार्थअनुसार बजेट विनियोजन भएको आरोपसमेत लगाएका थिए ।

यो पनि पढ्नुहोस
गण्डकीको जिल्लालाई बागमतीको बजेट, कांग्रेस सांसदहरुले भने– बिचौलिया हाबी भयो
साथै बागमती प्रदेशको बजेटमा गण्डकी प्रदेशको पूर्वी नवलपरासीको कावासोती क्षेत्रमा पनि बजेट विनियोजन गरिएकोमा पनि सांसदहरुले विरोध जनाएका थिए । बजेटको रातो किताबमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ स्थित शिव मावि परिसर र आसपासका क्षेत्रमा पूर्वाधार निर्माण गर्ने उल्लेख छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिकामा १९ वटा वडा मात्रै भए पनि वडा नम्बर २० र २२ उल्लेख गरेर बजेट विनियोजन भएकोमा पनि सांसदहरुले विरोध जनाएका थिए ।

प्रतिकृया दिनुहोस्