फेवाखबर संवाददाता

८ असार, विराटनगर । मालपोत कार्यालयको सिस्टममा समस्या देखिएपछि सेवाग्राहीले सास्ती पाएका छन् । मालपोत कार्यालय बेलबारीको बायोमेट्रीकमा समस्या आएको हो ।
कार्यालयका सूचना अधिकारी तिलक खत्रीले ३–४ दिनदेखि मालपोतको बायोमेट्रिकमा समस्या रहेको बताए ।
उनका अनुसार औठाछाप लगाउने मेसिनमा समस्या भएका कारण जग्गा नामसारी दृष्टिबन्धक लगायत काम रोकिएको हो ।
‘यो समस्या हाम्रो मात्रै होइन, अन्य कार्यालयमा पनि छ,’ उनले भने,‘ समस्या आएपछि सेवाग्राहीलाई सोधीखोजी गरेर पठाइरहेका छौं।’
उनका अनुसार बायोमेट्रिक बाहेकको अवस्थामा हुने काम भइरहेको छ ।