
कास्की :-
पोखरामहानगर पालिका वडा कार्यालय ४ र नेलम्बो नेपालको संयुक्त आयोजनामा सञ्चालित ३ दिने निःशुल्क दन्त तथा कान शिविरमा दाँतमा २०२ जना र कानमा २१८ जनाको परीक्षण तथा उपचार गरिएको छ ।
उक्त शिविर दाँत परीक्षण, दाँतको एक्सरे, दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने गिँजाको उपचार, दाँतको जरै देखि उपचार, कानको परीक्षण, कानको सुनुवाई परीक्षण, कान सफा गर्ने औषधी वितरण गरी दाँत कान गरी कुल ४२० जनाले सेवा लिएका छन्।
पोखरा महानगर पालिका वडा नंं ४ मा रहेको शहरी स्वास्थ्य केन्द्र गणेश टोलमा भएको शिविरमा पोखरा महानगर पालिका वडा नं. ४ का अध्यक्ष देव कृष्ण पराजुलीले वडा कार्यालय भौतिक विकास नभई मानवीय विकासमा पनि जोड दिएको र वडा बासीको स्वास्थ्यलाई मध्यनजर राखी समय समयमा विभिन्न खाले स्वास्थ्य शिविरहरु सञ्चालन गरि रहेको र नेलम्बो नेपालसँग गत वर्ष पनि सहकार्यमा दन्त शिविर सञ्चालन गरेको र यस वर्ष दाँत र कान दुवै शिविर सञ्चालन गरी वडा बासीको स्वास्थ्यमा सहायोग पुर्याएको पनि बताउनु भयो ।
वडा नं. ४ का वडा सदस्य पार्वति मकाजुले नेलम्बो नेपालसँगको सहकार्यको शिविरमा अधिकांश सेवा ग्राही सन्तुष्टि रहेको बताउनु भयो । वडा सदस्य विष्णु माया परियारले वडा वासीको स्वास्थ्य प्रति वडा कार्यालय सधै उत्तरदायी रहेको पनि बताउनु भयो । उक्त कार्यक्रममा नेलम्बो नेपालका डा. विनोद बरालले पोखराको पनि स्वास्थ्य सेवाको हब र पहुँचमा रहेको यस वडा नं. ४ मा अधिकांश सेवाग्री स्वास्थ्य समस्य जटिल भएपछि मात्र उपचारमा गएको पाईएको हुदाँ स्वास्थ्य सम्बन्धी सचेतनाको अभाव रहेका बताउनु भयो । अधिकांश सेवा ग्राही दाँत र कानको समस्या रहेको औल्याउनु भयो । उक्त कार्यक्रममा नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले संस्था र वडा कार्यालय बीचको सह सम्बन्ध राम्रो रहेको आगामी दिनमा पनि वडा कार्यालय सँग अगाडि बढेर कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।
उहाँले यस शिविरमा जम्मा १४ जनाको जनशक्ति सेवा प्रवाहमा खटेको पनि बताउनु भयो ।उक्त कार्यक्रमका संयोजक तथा पोखरा महानगर पालिका वडा नम्बर ४ का वडा सदस्य प्रकाश कोइरालाले नेलम्बो नेपालको कार्यक्रम प्रभावकारी र गुणस्तरीय रहेको र गत सालको तुलनामा यस शिविरमा अधिकांश सेवा ग्राही वडा नं. ४ स्थायी निवासी रहेको र वडा कार्यालयको उद्देश्य पनि स्थानीय वासीलाई नै सेवा प्रभाहमा पहिलो प्रथमिकता रहेको बताउनु भयो । उहाँले सेवा लिन आउने सेवा ग्राहीलाई वडा कार्यालयको तर्फबाट एक थान मञ्जन र ब्रस पनि उपलब्ध गराएको पनि बताउनु भयो ।
उहाँले वडा वासीको स्वास्थ्य प्रति वडा कार्यालय सजग रहेको र शिविर शिविरको नाममा मात्र सिमित नरही निदानात्मक सेवा नै दिएको हुदाँ जो जतिले सेवा लिनु भयो उहाँहरुको प्रतिक्रिया सकारात्मक रहेका बताउनु भयो । आगामी दिनमा यस्ता कार्यक्रहरुलाई थप निरन्तरता दिने पनि बताउनु भयो । प्रकाश कोइराला सभापति, वडा अध्यक्ष देव कृष्ण पराजुली प्रमुख अतिथि भएको कार्यक्रम सञ्चालन वडाकी कर्मचारी मन माया राना मगरले सञ्चालन गरेकी थिइन् ।