News Portal

गण्डकीमा एमालेबाट वेदबहादुर र गाहा, माओवादीबाट रेशम मन्त्री बन्ने

फेवाखबर संवाददातापोखरा , १० माघ ।
१९७ पटक
पोखरा , १० माघ ।

गण्डकी प्रदेशमा नेकपा एमालेबाट वेदबहादुर गुरुङ र रोशनबहादुर  माओवादीबाट रेशम जुग्जाली मन्त्री बन्ने भएका छन् । वेदबहादुर कास्की १ (ख) र रोशन नवलपुर १ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । त्यसै गरी माओवादीबाट म्याग्दीका रेशमा जुग्जाली मन्त्री बन्ने छन् ।

मुख्यमन्त्री अधिकारीले सोमबार काठमाडौंमा अध्यक्ष केपी ओलीलाई भेटे पछि मन्त्री हुने दुई जनाको नाम टुंगो लगाएका हुन् ।
पहिलो १२ मन्त्रालय रहेको गण्डकीमा घटाएर ७ मन्त्रालय बनाएको छ । गण्डकीमा एमालेका ४, माओवादीका २ र राप्रपाका १ मन्त्री पाएका छन् ।

माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमान विनाविभागीय मन्त्री बनिसकेका छन् । राप्रपाबाट संसदीय दलका नेता पञ्चराम गुरुङ बिनाविभागीय मन्त्री छन् । मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी र एमालेबाट विनाविभागीय मन्त्रीमा सिता सुन्दास रहेका छन् ।

एमालेबाट आउने दुई र माओवादीबाट आउने एक जनाको शपथ भएपछि सबैको मन्त्रालय टुंगो लगाइने तयारी रहेको छ । एमालेका दुई र माओवादीका एक गरेर तीन जनाको शपथ आज साँझ गराउने तयारी रहेको स्रोतको दावी छ ।

गण्डकीमा कुन कुन मन्त्रालय हुन्छ ?

१. मुख्यमन्त्री तथा मन्त्रिपरिषद् (बैठक, प्रशासन र शासकीय सुधार)

२. आर्थिक मन्त्रालय मन्त्रालय (अर्थ, सहकारी, गरिबी निवारण, भूमि व्यवस्था)

३. आन्तरिक मामिला तथा कानुन मन्त्रालय (शान्ति सुरक्षा, विपद् व्यवस्थापन, समारोह व्यवस्थापन, सञ्चार, प्रदेश सभा मामिला तथा कानुन)

४. भौतिक पूर्वाधार विकास मन्त्रालय (भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात)

५. सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय (शिक्षा, संस्कृति, विज्ञान प्रविधि, श्रम, रोजगार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या)

६. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय (पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन, वातावरण, भू–संरक्षण)

७. कृषि तथा जलस्रोत मन्त्रालय (कृषि तथा पशुपंक्षी, ऊर्जा, सिँचाइ र खानेपानी)

प्रतिकृया दिनुहोस्