Skip

Click here to see more…

News Portal

फागुन २२ मा विवाह गर्दै अस्मिता र महेश

फेवाखबर संवाददाता
१९८ पटक

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिने भएका छन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले यही महिना विवाह गर्न लागेका हुन्।

सेतोपाटीसँग कुरा गर्दै महेशले भने, ‘हो हामीहरू विवाहको तयारीमा छौं, यही फागुन २२ गते विवाह गर्न लागेका हौं।’

अस्मिता र महेशले गत असारमा कन्सर्टको सिलसिलामा युएईको दुबई पुगेका बेला त्यहीँ इन्गेजमेन्ट गरेका थिए।

संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेको केही तस्बिर सामाजिक सञ्जालमार्फत् साझा गर्दै उनीहरूले गायनसँगै जीवनको सहयात्रा सुरू गरेको बताएका थिए।

यो पनिः गायक अस्मिता अधिकारी र महेश काफ्लेको प्रेमकथा (भिडिओ)

अस्मिता र महेश दुवै सांगीतिक क्षेत्रमा निकै रूचाइएका छन्। यी दुईले केही गीतमा सहकार्य समेत गरेका छन्।

केही समयअघि सेतोपाटी कन्भरसेसनमा उनीहरूले आफूहरूबीचको प्रेमबारे खुलेर कुरा गरेका थिए।

प्रतिकृया दिनुहोस्