News Portal

कास्कीकोटका वडाध्यक्ष अधिकारीको रिहाइ

फेवाखबर संवाददातापोखरा , ६ माघ ।
१६७ पटक
पोखरा , ६ माघ ।

वडा सदस्यलाई जातीय विभेद गरेको आरोप लागेका पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरैटीमा शुक्रवार ३स्३० बजे रिहा भएका छन् ।

वडाध्यक्ष अधिकारीमाथि दलित महिला सदस्यलाई जातीय विभेद गरी अपमानजनक शब्द बोलेको आरोपमा छ ।
वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीले विभेदजन्य शब्द प्रयोग गरेर अपमान गरेको भन्दै गत आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेकी थिइन् ।

फरार रहेका अधिकारी पुस २६ गते बिहान आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ थियो ।

प्रहरी स्रोतले घटनाबारे छानबिन गर्न अधिकारीविरुद्ध पुस २६ गते नै म्याद थप गरेर अनुसन्धान गरेको थियो ।

अधिकारीलाई शुक्रवार दिउसो ३स्३० बजे जिल्ला प्रहरी कार्यलय कास्कीले एक लाख पचास हजार धरेटीमा रिहा गरेको छ ।

प्रतिकृया दिनुहोस्