News Portal

अनिल लम्सालको निर्देशनमा नयाँ गीत “झिलिमिली बत्ती छ” सार्वजनिक

फेवाखबर संवाददाता
५३७ पटक

स्याङ्जाका अनिल लम्सालको ‘झिलिमिली बत्ती छ’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । एकदिन अघि सार्वजनिक यो गीतको भिडियो ‘अनिल लम्साल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस गीतमा गायक तथा मोडल अनिल लम्साल र पछिल्लो समयकी चर्चित गायिका शान्ता रानी परियारको स्वर रहेको छ । गीतमा रोशन बिसी र रन्जिता विश्वकर्माले समेत स्वरमा साथ दिएका छन् । गीतमा गायक अनिल लम्सालको शब्द एवम् सुदिप परियारको संगीत रहेको छ । गीतको भिडियोलाई निर्देशन पनि लम्साल आफैंले गरेका छन् । होम गुरुङको कोरियोग्राफीमा रहेको यस भिडियोमा अनिल लम्साल, अस्मिता रनपाल, रोशन बिसी, संगीता खाती, सन्तोष थापा, विकास शर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन् । यस्तै, गणेश सापकोटाले छायांकन गरेको भिडियो सम्पादन सुवास अमगाईंले गरेका हुन् । गीत र भिडियोलाई लिएर स्रोता दर्शकहरुबाट राम्रै प्रतिक्रिया मिलिरहेको लम्साल बताउँछन् । गायक तथा मोडल अनिल लम्सालको यस अघिको ‘आँखै गाजले’ गीतलाई पनि दर्शकहरुले मन पराएका थिए ।

अनिल लम्सालको यूटुब बाट सार्वजनिक भएको म्युजिक भिडियो “जोरी पारी “हेर्न तल लिंक राखिएको छ

प्रतिकृया दिनुहोस्