News Portal

मनवसेवा आश्रम पोखराको भवन निर्माण सम्पन्न गर्न माघ २० गतेबाट साताव्यपी भगवत महायज्ञ हुने

फेवाखबर संवाददातापोखरा , ६ माघ ।
१८१ पटक
पोखरा , ६ माघ ।

 

मानवताका लागि महायज्ञ भन्ने नाराका साथ माघ २० गते देखि २७ गतेसम्म पोखरामा श्रीमद भागवत् ज्ञानविज्ञान महायज्ञ हुने । मानवसेवा आश्रम पोखरा शाखाद्वारा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रम पोखराको भवान निर्माण सम्पन्न गर्न , लक्ष्मीनारायणको मन्दीर सम्पन्न गर्न , आश्रमको अक्ष्यकोष श्रीवद्धी गर्न र मानवता प्रवद्र्यनमा टेवा पुर्याउने अभिष्टले महायज्ञ आयोेजना गर्न लागेको बताए ।

रामजी अधिकारीको पहलमा स्थापना भएको संस्थाले अहिले देश व्यापी रुप रिएको छ । सुरुवातमा अधिकारीको समुहले ५ जना सहयोगापेक्षिलाई रिएर भाडाको घरबाट सुरु गरेको संस्था अहिले देशकै ठुलो संस्थाको रुपमा आफ्नो परिचय बनाउन सफल छ । मानिसकै रुपमा जन्मिएर पनि सामान्य मानिसको जविन बाँचन नपाइरहेका , खुल्ला आकाशमुनि सडकपेटी एवम सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका सहयोगापेक्षीहरुको उद्धार र उचित हेरचाहा गर्नका निमित सुरु भएको मानव सेवा आश्रमको नेपाल भर विभिन्न ठाँउहरुमा शाखा रहेका छन ।

सबैका लागी खाना , सबैका लागी नाना भन्ने मुल नाराका साथ संस्था र आफुहरु कार्यरक्त रहेको प्रशिक्षक तथा मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले बताउनु हुन्छ । अहिले सम्म नेपालीहरुकै सहयोगमा संस्था सञ्चालनमा रहेको अधिकारीले बताउनु भयो । पोखरा शाखाको भवन निर्माण सम्पनन गर्न र मानवीय मन्दीर मानवसेवा आश्रमको निर्माणाधिन भवनलाई पूर्णता दिई भाडाका घरमा रहेका मानवसेवा आश्रमलाई आफ्नै भवनमा स्थान्तरण गर्न र अक्षयकोष स्थापनार्थ महायज्ञको आयोजना गरिएको भगवत् भाष्कर कमलनय गौतमले बताए ।

हाम्रा केही फजुर खर्च कटैती गरेर मानव सेवामा लाग्न समस्त भक्तजनहरुलाई आग्रह गनु भयो । सयौँको संख्यामा असाहाय , अशक्त, अभिभावक विहिन , शारिरिक तथा मानसिकरुपमा अति कमजोर मानवहरु रहेकाृे मानवसेवा आश्रमको लागि कुनैपनि प्रकारको विपत्ति , भवितव्य वा कठिन परिस्थितिमा प्रयोग गर्न मिल्नेगरी २५ करोड रुपैया बरबरको अक्षयकोष स्थापना गर्ने योजना अनुसार महायज्ञ गर्न लागिएको आयोजकले जानकारी दियो । पोखरा महानगरका प्रबक्ता तथा पोखरा २५ का वडाध्यक्ष मोतिराज तिमिल्सीनाले मानवता प्रबद्धन र अक्ष्ययकोष निर्माण साथै निर्माणधिन भवन निर्माण सम्पन्न गर्न वडा र महानगर सदैव प्रतिबद्ध रहने बताए ।

हेमजा बासीहरुलाई आफ्नौ घरआगनमा मानवताको यती ठुलो काम भएको मा गर्व गर्नुपर्ने बताए । हाल सम्म देश भर २३ स्थानमा सञ्चालनमा रहेका सेवा केन्द्रहरु छन भने १९ जिल्लामा सेवा केन्द्र सञ्चालनमा छन । हालसम्म ७४३६ जनालाई सेवा प्रदान गरेको मानवसेवा आश्रमले आफ्नो निरन्तर सेवा सञ्चालनलाई थप सहयोगका खातिर महायज्ञ सञ्चालन गर्न लागेको पोखरा शाखा प्रमुख सदिस पुनले बताए । आश्रममा नै मुत्यु वरण गरेका ८२६ जना , उपचार पश्चात स्वेच्छाले आश्रमबाट बाहिरिएका २२२० जना , पारिवारिक पुनर्मिलन २८६७ र हाल आश्रित १६०० भन्दा बढी रहेका छन ।

परिवार बस्नको लागि बनाइएको घरको दुईओटा तला भाडामा लिई सेवा शुभारम्भ गरेको मानवसेवा आश्रमले हाल आफ्नै भवन निर्माण गर्ने कार्य तीव्रता दिएर सम्पन्न गर्ने लक्ष रहेको मानवसेवा आश्रमले जानकारी दियो । मुख्य कार्यलय मकवानपुर हेटौँडामा रहेको छ ।

प्रतिकृया दिनुहोस्