News Portal

कुमार रम्तेलको ठोकुवा : सहकारीबाट रवि लामिछानेको नाममा पैसा गएको छ

फेवाखबर संवाददाता
२७१ पटक

४ असोज,

काठमाडौं। सहकारी ठगीमा कास्कीमा थुनामा रहेका कुमार रम्तेलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सहकारीबाट पैसा लगेको बयान दिएका छन् ।

संसदीय छानबिन समितिले गरेको सोधपुछका क्रममा रम्तेलले आफ्नो नाममा खडा गरिएको ऋण कृत्रिम भएको उल्लेख गरेका छन् । रम्तेलले आफूले चिनेको रवि लामिछाने पूर्व गृहमन्त्री रवि लामिछाने नै भएको बताएका छन् ।

‘मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जानुले यो यो कुरा पुष्टि हुन्छ,’ रम्तेलले बयानमा भनेका छन्,‘त्यसैले उक्त रकम तिरिएको व्यक्ति पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने नै हुन् भन्न्ने कुरा यकिन साथ भन्न सक्छु ।’

रम्तेलले ग्यालेक्सी टीभी अवस्था विग्रिनुमा रवि लामिछाने कारण रहेको बयानमा भनेका छन् । नारायणगढ– बुटवल खण्डको दबाब यात्रामा लामिछाने रहेको बेला दीपक बोहोरा मार्फत फोन गरेर उक्त बताएको उनले बयानमा भनेका छन् । पाँच वर्ष टिभीमा काम गर्ने सहमति गरेर लामिछानेले वीचमै छोडेको रम्तेलको बयानमा छ ।

रम्तेल सूर्यदर्शन र स्वर्णलक्ष्मी सहकारीको कोषाध्यक्ष, समानताको सचिव थिए । रम्तेल हाल कास्कीमा थुनामा छन् ।

प्रतिकृया दिनुहोस्