News Portal

कास्कीकाे सार्वजनिक ठाउँमा धुम्रपान गरेमा जरिवाना

फेवाखबर संवाददाता
२७० पटक

पाेखरा । सार्वजनिक ठाउँमा धुम्रपान गरेमा जरिवाना लाग्ने नियम कडाइ भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्की, लगायतका सामाजिक संघ संस्थाकाे सहकार्यमा गण्डकी प्रदेश सरकारले जारी गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन एेन कडाइ गरिने भएको छ ।

माघ १ गते देखि सार्वजनिक ठाउँमा धुम्रपान सेवन गरेमा १ सय रुपैयाँ जगरीवाना गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए ।

माघ १ गते भन्दा अघि सुचना प्रकाशन गर्ने र १ गतेदेखि अटेरी गर्नेलाई कार्वाही गर्ने सुनाए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले उक्त कामको लागि प्रहरी तयार रहेको बताए ।
साथै नेपाल प्रहरी नियम कानुन कार्यान्वयन गराउने पक्षमा रहेको बताए ।
सामुदायिक प्रहरी सेवा कास्की जिल्ला समन्वय निमित्त अध्यक्ष भिम पराजुलीले सचेतनाकाे लागि र्याली लगायतका सचेतनाका कार्यक्रम गरेर कार्यनयनकाे पक्षमा जाने बताए ।

पराजुलीले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन एेन लागुकाे लागि निरन्तरता दिने बताए । साथै विद्यालय क्षेत्रकाे सय मिटर भित्र बेचबिखन गर्नेलाई पनि कार्वाही गर्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्