फेवाखबर संवाददाता
पोखरा महानगरपालिका वडा नं. ६ र ७ जोड्ने बुलौदी खोला पुलमा कार दुर्घटना भएको छ ।
हल्नचोकबाट जिरो किलोमिटरतर्फ आउँदै गरेको बा५च ४२२५ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा परेको कारमा दुई जना सवार थिए । उनीहरुलाई सामान्य चोट लागेको छ ।
बिहान ५ बजेतिर भएको दुर्घटनामा कार सडकको डिभाइडरमा उक्लेको छ । ओरालो सडक र घुम्ती भएका कारण यो ठाउँमा बेला बेलामा दुर्घटना भइरहने गरेको छ । अहिले चाहिँ उकालो उक्लँदै गर्दा दुर्घटनामा परेको हो ।
अति दुर्घटना हुन थालेपछि डिभाइडर पिच्छे खतराको संकेत राखिएपनि चालकहरूले ध्यान दिएका छैनन् ।