News Portal

पोखरा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिने

केन्द्रीय सहित सात वटै प्रदेशका पर्यटनमन्त्री सहभागी हुने

फेवाखबर संवाददाता
४० पटक

पर्यटकीय राजधानी पोखरामा संघीय पर्यटनमन्त्रीसहित सात वटै प्रदेशका पर्यटनमन्त्रीको सहभागितामा सम्मेलन हुने भएको छ ।

पोखरा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको हो । यसका लागि छिट्टै मिति घोषणा गरेर तयारी अघि बढाइने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभस एजेन्टस् (नाट्टा) गण्डकीको २९औँ साधारणसभा तथा १३औँ अधिवेशन उद्घाटन गर्दै यस्तो जानकारी गराएका हुन् ।

पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताए । उनले पर्यटनसम्बद्ध संघसंस्थासँगको समन्वयमा यस क्षेत्रमा देखिएका कानूनीलगायत समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

पर्यटन राजधानी घोषणाले पोखराको पर्यटन ‘ब्राण्डिङ’ भएको तर्क गर्दै मुख्यमन्त्री पाण्डेले यसका माध्यमबाट समग्र गण्डकी प्रदेशको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सरकारले प्रदेशमा खेल पर्यटनको विकाससँगै धार्मिक पर्यटन विकासमा समेत जोड दिइएको स्पष्ट पार्दै उनले मनाङ र मुस्ताङमा ‘हाई अल्टिच्युड’ खेल मैदान निर्माण गर्न लागिएको जानकारी दिए ।

गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पर्यटनलाई उद्योगका रूपमा विकास गर्नु आवश्यक रहेको बताए ।

नाट्टाका केन्द्रीय अध्यक्ष कुमारमणि थपलियाले नेपालको पर्यटनमा गण्डकी प्रदेशको योगदान महत्वपूर्ण रहेको बताए ।

पर्यटकको बसाइ लम्ब्याउने किसिमका पूर्वाधारसँगै गतिवधि बढाउनुपर्नेमा उनले जोड दिए ।

नाट्टा गण्डकी प्रदेश अध्यक्ष हरिराम अधिकारीले पोखरासहित समग्र देशको पर्यटन प्रवर्द्धन स्वदेश तथा विदेशमा गर्न नाट्टा सक्रिय रहेको स्पष्ट पारे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालको समृद्धि पर्यटनबाट नै सम्भव भएको स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्