Skip

Click here to see more…

News Portal

म्याग्दीमा रोकिराखेको जीप चिप्लिएर भिरबाट खस्यो, एकको मृत्यु

दुर्घटना हुँदा एक जनाको मृत्यु

फेवाखबर संवाददाता
१०८ पटक

म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका वडा नं. ७ टिकोटका ६४ वर्षीय भीमबहादुर पाइजा पुन छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका पुनको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका ४१ वर्षीय कुमार पुनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान बेनी आउँदै गरेको ग१ज ७९४५ नम्बरको बोलेरो जिप अन्नपूर्ण गाउँपालिका वडा नं. ७ टिकोटमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए ।

भिरालो सडकमा रोकिराखेको जीप चिप्लिएर पछाडि गुडेर भिरबाट करिब ५० मिटर तल खसेको छ । जीप चालक ३६ वर्षीय केशव पुनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्