News Portal

पोखरासहित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना तयार

विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना तयार

फेवाखबर संवाददाता
५६ पटक

सरकारले पोखरासहित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना तयार पारेको छ ।

मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत कार्ययोजना सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिए ।

नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना तयार पारेको हो ।

ठूलो ऋण लगानीमा बनेका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अझै नियमित हुन सकेको छैन । सोहीकारण सरकारको आलोचना हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्