News Portal

आज यी स्थानमा मौसम कस्तो ?

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

फेवाखबर संवाददाता
५९ पटक

हाल देशभर मनसुनी वायुको प्रभाव छ र मनसुन न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ । अहिले बिहान देशभर साधारणतया बदली छ ।

जसकाे प्रभावले गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर साधारणतया बदली रहने छ । गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आजै गण्डकी, कोशी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै, राति देशभर साधारणतया बदली रहने छ । गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, कोशी, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्