News Portal

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छानबिन र अधिकारीको बर्खास्तीको माग

अधिकारीको बर्खास्तीको माग गर्दै विशाल र्‍याली

फेवाखबर संवाददाता
८८ पटक

राष्ट्रिय एकता अभियानको आयोजनामा माइतीघर मण्डलामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी सत्यतथ्यको छानबिन र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप भएको छ।

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा सम्पन्न यस र्‍यालीमा सयौँको संख्यामा नागरिक, विद्यार्थी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले सहभागिता जनाए।

र्‍यालीमा सहभागीले पोखरा विमानस्थल चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को हिस्सा नभएको र विमानस्थल निर्माणमा प्राविधिक त्रुटिलाई तुरुन्त समाधान गर्नुपर्ने माग गरे ।

प्रदर्शनकारीले “पोखरा विमानस्थल बीआरआईको भाग होइन”, “प्राविधिक त्रुटिको समाधान गर, चीनको हस्तक्षेप रोक !” जस्ता नारा लगाउँदै विमानस्थलसँग सम्बन्धित विभिन्न मुद्दामा सरकारको ध्यानाकर्षण गराए।

उनीहरूले चिनियाँ राजदूतले माफी माग्नुपर्ने, नेपालमा चीनको भू-राजनीतिक खेलविरुद्ध एकजुट हुनुपर्ने र पोखरा विमानस्थललाई ऋणकाे जालाेबाट मुक्त गर्नुपर्ने माग पनि अघि सारे।

र्‍यालीमा सहभागीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको तस्बिरलाई जलाउँदै उनको बर्खास्तीको माग गरे।

उनीहरूले विमानस्थलको निर्माण प्रक्रियामा कुनै पनि प्रकारको भ्रष्टाचार वा अनियमितता भएको भए त्यसको सत्यतथ्य

छानबिन गर्न माग राखे ।

र्‍यालीलाई सम्बोधन गर्दै अभियानका वरिष्ठ नेता एवं संविधानसभा सदस्य बिपी यादवले सरकारलाई चीनको हस्तक्षेप रोक्न र राष्ट्रको स्वाधीनता तथा आत्मसम्मानको रक्षा गर्न आग्रह गरे।

उनले विमानस्थलको प्राविधिक त्रुटिलाई शीघ्र समाधान गर्न र यो विषयमा चिनियाँ पक्षको हस्तक्षेपलाई अन्त्य गर्न आग्रह गरे।

र्‍याली शान्तिपूर्ण तरिकाले सम्पन्न भएको र सहभागीले आफ्ना मागलाई सरकार समक्ष पुर्‍याउने प्रतिवद्धता जनाए।

प्रतिकृया दिनुहोस्