News Portal

इराक सरकारले ल्यायो बालिकाले ९ वर्षमै बिहे गर्न पाउने विवादास्पद कानुन

९ वर्षमै बिहे गर्न पाउने

फेवाखबर संवाददाता
११७ पटक

२५ साउन,  विवाहको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएको छ । यसअनुसार महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न सक्नेछन् ।

हालको इराकी कानुनमा विवाहका लागि १८ वर्ष उमेर तोकिएको छ । इराकको कानुन मन्त्रालयले संसदमा पेश गरेको विधेयकमा विवाहका लागि धार्मिक कानुन वा फौजदारी कानुन रोज्ने अधिकार दिइएको छ ।

यसको महिला अधिकारकर्मीहरुले आलोचना गरेका छन् । यो कानुन पास भएमा ९ वर्ष पुगेका बालिका र १५ वर्ष उमेर पुगेका बालक विवाह गर्न योग्य हुनेछन् ।

यसले बालविवाह बढ्ने चिन्ता छ । साथै यसले किशोरीहरुको शिक्षा, स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने मानवअधिकारवादी संघ सस्थाको चिन्ता छ ।

प्रतिकृया दिनुहोस्