News Portal

पोखरामा अहिलेसम्मकै धेरै लागूपदार्थ बरामद (भिडियो सहित )

ट्रामाडोल लागूपदार्थसहित प्रहरीले पोखराबाट २ जना पक्राउ

फेवाखबर संवाददाता
७० पटक

पोखरा:   सरकारले बिक्री वितरणमा रोक लगाएको ट्रामाडोल (लागूपदार्थ) सहित प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पोखराको न्यूरोडस्थित दिप दर्शन होटलका सञ्चालक र म्यानेजरलाई बिक्री वितरणमा रोक लगाएको औषधी ट्रामाडोल (लागूपदार्थ) सहित (बुधबार) पक्राउ गरेको हो ।

प्रहरीले दिप दर्शन होटलका सञ्चालक तनहुँ शुक्लागण्डकी नगरपालिका ५ स्थायी घर भई पोखरा बस्ने ३७ वर्षीय इन्दु देवी श्रेष्ठ र होटलका म्यानेजर स्याङ्जा घर भई पोखरा–१७  विरौटा बस्ने २५ वर्षीय मिलन पौडेललाई ट्रामाडोलको ४३ हजार २ सय ट्याबलेटसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले होटलमा ग्राहक बनेर जाँदा बिक्री वितरणमा रोक लगाएको औषधी  ट्रामाडोलसहित २ जनालाई नियन्त्रणमा लिएको बताए । ‘सरकारले यस औषधीको दुरुपयोग बढेपछि बिक्री बितरणमा रोक लगाएको छ’, थापाले भने, ‘हामी होटलमा ग्राहक बनेर जाँदा प्रतिबन्ध लगाइएको औषधी बिक्री बितरण गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हौ ।’ हजुरहरुलाई अबगत भएकै बिषय हो यस अघि हाम्रो कार्यक्रम मिसन विथ हेमराजमा सोहि बिषयमा स्टिंग अप्रेसन गरेको र उक्त बिषयमा पनि हामीले रंगेहात लागूपदार्थ सहित भेटेका हौ ।

 

प्रतिकृया दिनुहोस्