News Portal

२ सय १५ जनाकाे मृत्यु, २ सय ६ जना अझै बेपत्ता : केरला पहिरो

२ सय १५ जनाकाे मृत्यु, २ सय ६ जना अझै बेपत्ता

फेवाखबर संवाददाता
१४७ पटक

भारत।। भारी बर्षापछि आएको पहिरोले चार गाँउ बगाउँदा फसेका २ सय १५ जना मृत फेला परेका छन् ।

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पहिरो प्रभावित वायनाडमा फसेकामध्ये २ सय १५ जना मृत फेला परेको र २ सय ६ व्यक्ति अझै बेपत्ता रहेको बताएका छन् । उनले उद्धार कार्य अन्तिम चरणमा रहेको पनि बताए ।

उनले भने, “पहिरोमा फसेकामध्ये २ सय १५ जनाको उद्धार गरिएको छ भने २ सय ६ जना अझै बेपत्ता छन्, पहिरोमा परी घाइते अवस्थामा उद्धार गरिएका ८३ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको र कुल १० हजार ४२ जनालाई आश्रय शिविरमा सारिएको छ ।”

केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जका अनुसार पछिल्लो अपडेटअनुसार ९८ पुरुष, ८७ महिला, ३० बालबालिका गरी २ सय १५ जनाको मृत शरीर पहिरोबाट निकालिएको र १ सय ४३ शरीरका अङ्ग फेला परेका र हालसम्म २ सय १२ शवको

पोष्टमार्टमको प्रक्रिया पूरा भएको छ । मुख्यमन्त्रीले प्रारम्भिक चेतावनी प्रणालीलाई परिमार्जन गर्न आवश्यक रहेको र जलवायु परिवर्तनको ढाँचालाई ध्यानमा राखेर वर्णनात्मक चेतावनी प्रणालीको विकास गर्नुपर्ने उल्लेख गरेका छन् ।

पहिरोले पुरै भत्किएको छुरलमालाको वस्तीलाई सारी अर्को वस्ती निर्माण गर्नुपर्ने देखिएको मुख्यमन्त्री विजयनले बताए ।

यसैबीच, वायनाडबाट लोकसभामा निर्वाचित विपक्षी नेता राहुल गान्धीले चुरलमालामा १ सय घर निर्माण गर्ने घोषणा गरेका छन् ।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैँयाले पनि १ सय घर निर्माण गर्ने प्रस्ताव गरेका छन् ।

उनले मुख्यमन्त्री दैवी प्रकोप राहत कोषमा चन्दा नेट बैंकिङमार्फत गर्न सकिने बताउँदै र राहत कोषमा योगदान पुर्‍याउने कलाकार, प्रतिपक्षी दलका नेता, उद्योगी व्यवसायीलगायतलाई पनि धन्यवाद दिए ।

प्रतिकृया दिनुहोस्