News Portal

कुपन्डोलस्थित वडा कार्यालयनजिक बागमती किनारमा पुरुषको शव

बागमती किनारमा पुरुषको शव

फेवाखबर संवाददाता
३२६ पटक

ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरुषको शव भेटिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आज बिहान ८ बजे ललितपुर महानगरपालिका–१ को वडा कार्यालयनजिक बागमती किनारमा अन्दाजी ४०/४२ वर्षका पुरुषको शव भेटिएको हो।

‘शव घोप्टो परेको अवस्थामा भेटिएको छ, बाढीले बगाएको जस्तो देखिएको छ। शव धेरै पुरानो जस्तो पनि देखिँदैन’, एसपी सुवेदीले भने, ‘पोस्टमार्टमका लागि अस्पताल लाने तयारी गरिरहेका छौँ।’

अहिलेसम्म शवको पहिचान खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्