News Portal

राजन कार्कीको ‘हरहर महादेव’ युटुवमा रातारात भाईरल हुँदै (भिडियो सहित)

फेवाखबर संवाददाता
११० पटक

पोखरा । श्रावण महिना लागेसँगै तीजका गीतहरु बजारमा ल्याउन लहर चलेकै समयमा गायक राजन कार्की युटुब च्यानलबाट विश्वभर सार्वजनिक भएको तीज गीत हरहर महादेव सार्वजनिक भयको यो समाचार तयार पार्दासम्म  करिब सात  लाख दर्शकले हेरिसकेको छन्  ।

श्रावण महिनामा विशेष गरी महादेवको आराधाना गर्ने महिमा भएको र गीतमा सोही अनुसार भएकोले दर्शकको मनमा बस्न सफल भएको छ ।

राजन कार्की, जीवन दाहाल, कमला सुनार र सान्ता बर्देवाको स्वरमा रहेको गीतमा गायक तथा मोडल तेजेस रेग्मी तथा मोडल अस्मिता रणपाल को नृत्य रहेको छ ।कुमार केसि को निर्देशनमा बनेको म्युजिक भिडियोमा रेशम दर्लामीले छायांकन तथा अमृत चापागाईंको संपादन रहेको छ । यम थापा मगरको एरेन्ज HBN किस्मतको मिक्सिङमा तयार भएको गित रेकर्डिङ 1DB HD मा रेकर्ड गरिएको हो । गायक कार्की गीत सार्वजनिक गरे लगत्तै सांगीतिक कार्यक्रमको लागि लन्डनमा रहेका छन् । लन्डनमा वासुन्जेल सांस्कृतिक कार्यकममा सहभागी हुने  फेवा खबरलाई जानकारी दिनु भयो, जुन गीतको सृजना गायक राजन कार्की आफै गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्