Skip

Click here to see more…

News Portal

प्रमोद खरेलको स्वरमा रहेको ‘तिम्रै मायाँ फिदा लाग्छ’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा रहेको ‘तिम्रै मायाँ फिदा लाग्छ’ सार्वजनिक

फेवाखबर संवाददाता
६७७ पटक

पोखरा । गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘तिम्रै मायाँ फिदा लाग्छ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शनिबार रियल पिक्चर इन्टरटेन्मेण्टको आधिकारिक युट्युब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतकार तथा संगीतकार आदर्श पोखरेलको आफ्नै शब्द संगीत रहेको यस गीतलाई चर्चित संगीतकार तथा एरेन्जर अर्जुन पोखरलले गरेका हुन् ।

भिडियोको मूख्य भूमिकामा अरिद थापा र सरिता दानाकुटीले अभिनय गरेका छन् । साथै डा. परिवर्तन बराल, जमुना पौडेल बराल र सन्तोष बसौलालाई पनि भिडियोमा विशेष भूमिकामा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोलाई निर्देशक राम बास्तोलाले निर्देशन गरेका हुन् भने सह-निर्देशकनमा उज्जवलराज ढकालले साथ दिएका छन् । एकोहोरो प्रेम सम्बन्धलाई उतार्न खोजिएको यस भिडियोको कथा सहिल गायकले लेखेका हुन् ।

भिडियोलाई दिपेश केसीले खिचेका हुन् भने मेकअप तथा श्रृङ्गार विनिता गुरुङले गरेकी हुन् । गीतको प्रोजेक्ट हेडका रुपमा सोम गुरुङ रहेका छन् ।

भिडियो हेर्नुहोस …

प्रतिकृया दिनुहोस्