Skip

Click here to see more…

News Portal

पोखरामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

फेवाखबर संवाददाता
१९३ पटक

पोखरा ।। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ हल्लन चोकमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आज बिहान ५ बजेर ४० मिनेटमा ग ३ च ३४५७ नम्बरको हाइलक्स गाडी र ग ११ प ९१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको हो ।

उनलाई गण्डकी मेडिकल कलेजमा पठाइएकोमा आज बिहान ६:४३ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बैदामको टोलीले हाइलक्स गाडी चालक बर्दियाको ठाकुरबाबा नगरपालिका ८ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ड्यामसाइड बस्ने ३० वर्षीय सुशील दहितलाई नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्