News Portal

पोखरामा २२८ मिलिमिटर वर्षा, मंगलबारसम्म नै वर्षा हुने

पोखरामा २२८ मिलिमिटर वर्षा, मंगलबारसम्म नै वर्षा हुने

फेवाखबर संवाददाता
१३४ पटक

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ ।

साथै देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । जसको प्रभावले गण्डकी, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार सबैभन्दा बढी दाङको घोराहीमा २८५.५ मिलिमिटर वर्षा भएको छ । यस्तै पोखरामा २२८ मिलिमिटर र काठमाडौँमा ९२.२ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम जुम्लामा ६ मिलिमिटर वर्षा भएको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, कोशी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

मंगलबारसम्म नै वर्षा हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । सचेत रहनसमेत विभागले आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्