News Portal

साइकलबाट लडेर घाइते भएका बालकको मृत्यु

साइकलबाट लडेर घाइते भएका बालकको मृत्यु

फेवाखबर संवाददाता
११ पटक

पोखरा । स्याङ्जामा साइकलबाट लडेर घाइते भएका एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नं. ३ काफलडाँडा घर भई हाल वडा नं १ अभियानपथ बस्ने ११ वर्षीय शिवम परियार छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार असार १५ गते साँझ ५ः३० बजे साइकलबाट लडेर शिवम घाइते भएका थिए । खुट्टा र शरीरका भित्री भागमा चोट लागेर उनी घाइते भएका थिए ।

असार १८ गते बिहान ९ बजे अचानक श्वासप्रश्वासमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल स्याङ्जा पुर्याइएकोमा ९ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्