News Portal

सुनचाँदीको मूल्य वृद्धि

सुनचाँदीको मूल्य वृद्धि

फेवाखबर संवाददाता
१३ पटक

पोखरा । आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

मंगलबार सुनको मुल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८ सय ५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्