News Portal

पोखरा-८ बाट घरधनीसहित १० जना जुवाडे पक्राउ

पोखरा-८ बाट घरधनीसहित १० जना जुवाडे पक्राउ

फेवाखबर संवाददाता
१३ पटक

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ बाट १० जना जुवाडे पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयको समाचार बुलेटिन अनुसार पोखरा-८ आनन्द मार्ग बस्ने ४९ वर्षीया अमिता शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा अमितासमेत १० जना पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरू नगद १ लाख ३७ हजार ७ सय ६० रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो । यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्