News Portal

एसएसई पूरक परीक्षाको तालिका सार्वजनिक

एसएसई पूरक परीक्षाको तालिका सार्वजनिक

फेवाखबर संवाददाता
१४ पटक

पोखरा । एसएसई पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले साउन २३ गतेदेखि ३१ गतेसम्म हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पनि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन पाउने छैनन् ।

पूरक परीक्षाका लागि यो वर्षदेखि बोर्डले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

एसईई परीक्षाको नतिजामा ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् ।

प्रतिकृया दिनुहोस्