News Portal

पठाओ र इनड्राइभ गर्नेलाई कारबाही

पठाओ र इनड्राइभ गर्नेलाई कारबाही

फेवाखबर संवाददाता
१४ पटक

पोखरा ११,
पोखरामा राइड सेयरिङ गरी यात्रु ओसारपसार गरिरहेका २६ सवारीलाई कारवाही गरिएको छ । विभिन्न मोबाइल एप प्रयोग गरी यात्रु ओसारपसार गरिरहेका मोटरसाइकल र स्कुटर गरी २२ वटा र ४ ट्याक्सीलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो ।

ती २६ सवारी साधनलाई नियन्त्रणमा लिई अब उप्रान्त दर्ता नगरी सञ्चालन नगर्ने शर्तमा सम्झाइबुझाई सम्बन्धित सवारी धनीलाई सोमबार सवारी साधन जिम्मा लगाइएको हो ।

कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले दर्ता तथा अनुमति नलिई पोखरा महानगर अन्तर्गत नगर क्षेत्रभित्र निजी तथा सार्वजनिक सवारी साधनले मोवाइल एपहरु पठाओ, टुटल, इनड्राइभ प्रयोग गरी भाडामा यात्रु ओसारपसार गर्ने गरेकाले कारवाही गरिएको जनाए ।

उनले जनगुनासो र यातायात व्यवस्था कार्यालय कास्कीमा दर्ता नगरी चलाइएका विभिन्न एप प्रयोग गरी यात्रु ओसारपसार गर्न नदिने भन्ने निर्देशना अनुसार प्रहरीले ती सवारीलाई नियन्त्रणमा लिएको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्