News Portal

अर्थ, भौतिक र सहरी मन्त्रालयमा मात्र बजेट केन्द्रित छ: पूर्वअर्थमन्त्री महत

फेवाखबर संवाददाता
१७५ पटक

नेपाली कांग्रेसका सांसदसमेत रहेका पूर्वअर्थमन्त्री प्रकाशशरण महतले बजेट तीन वटा मन्त्रालयमा मात्र केन्द्रित रहेको दाबी गरेका छन्।

आइतबार प्रतिनिधि सभामा सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै महतले आगामी आर्थिक वर्षको बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको बताए।

‘सरकारले बजेट ल्याउँदा प्राथमिकतालाई तिलाञ्जली दियो। तराईदेखि पहाडसम्म खानेपानीको अत्यन्त समस्या छ। खानेपानीमा पहिला २८ अर्ब बजेट थियो, अहिले २६ अर्ब राखिएको छ,’ महतले भने, ‘सम्पूर्ण रकम अर्थ मन्त्रालय, शहरी मन्त्रालयमा र केही भौतिक मन्त्रालयमा केन्द्रित छ।’

कानून मन्त्रालयमा ७७ करोडबाट ५४ करोडमा बजेट झारिएको पाइएको उनले बताए। ‘यो बजेटले धेरै कुरा नबोलीकन आफ्नो हिसाबले खर्च गर्ने बाटो लियो। त्यो बेठिक भइराखेको छ। यो बजेटले ठिक बाटो पक्रन सकेन,’ उनले भने।

आन्तरिक ऋणको भरमा बजेटको आकार बढाउने काम गरेको भन्दै उनले असन्तुष्टि पनि जनाएका छन्।

प्रतिकृया दिनुहोस्