News Portal

सेतीको खोँचमा खसेका युवकको शव सशस्त्र प्रहरीले निकाल्यो

फेवाखबर संवाददाता
१३८ पटक

३ वैशाख, पोखरा । सेती नदीको खोँचबाट सशस्त्र प्रहरी बलले शव निकालेको छ ।

वैशाख १ देखि हराइरहेका युवकको शव सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन पोखराबाट गएको गोताखोरले सेती नदीको १ सय ५० मिटर गहिराईमा ढुंङ्गामा अड्किएको अवस्थामा सोमबार दिउँसो निकालेको हो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ करुवा बस्ने २५ बर्षका जगत पुन बैशाख १ गतेदेखि हराएका थिए ।

उनी सेतीको खोँचमा अड्किएको देखेपछि स्थानीयले सशस्त्र प्रहरी बल नेपालको पोखरास्थित नं. २४ कालिका गणलाई खबर गरेका थिए ।

खवर प्राप्त गर्नसाथ खटिएको गोताखोरले सेती नदीको १ सय ५० मिटर गहिरो खोँचबाट पुनको शव निकालेर पोष्टमार्टमको लागि पोखरा ल्याइएको सशस्त्र प्रहरीबल कालिका गणका एस.पी.अरुण कुमार शर्माले फेवा खबरलाई जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्