News Portal

सुनको मूल्य ४ सय बढ्यो

फेवाखबर संवाददाता२०८० फागुन ७ गते ११:२८
१३५ पटक
२०८० फागुन ७ गते ११:२८

 

सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने सोमबार १ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

पछिल्ला केही दिन सुनको मूल्य उकालो लागिरहेको छ । यसअघि शुक्रबार १ लाख १७ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने बिहीबार १ लाख १६ हजार ५ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने सोमबार घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ४३० रुपैयाँ रहेको चाँदी आज १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्