News Portal

प्रहरी तालिम केन्द्र पोखराका एसएसपी पौडेल भए सरुवा

फेवाखबर संवाददाता
१९१ पटक

पोखरा
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । सरुवा सूचीअनुसार गण्डकी प्रदेश तालिम केन्द्र पोखराका अरुण पौडेललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखामा सरुवा गरिएको छ ।

पौडेलको स्थानमा मुकुन्द मरासिनीलाई पठाइएको छ । मरासिनी यसअघि नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा काठमाडौंमा कार्यरत थिए । गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेको निर्णयअनुसार एसएसपीहरु अरुण पौडेलसहित ईश्वर कार्की, ओम बहादुर राना, कृष्णबहादुर पल्ली मगर, कृष्णहरि शर्मा पोखरेलको सरुवा भएको छ ।

यस्तै, गणेश चन्द, शेखर खनाल, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, गोपालचन्द्र भट्टराई, जीवनकुमार श्रेष्ठ, दीप शम्शेर जबरा, प्रवीण पोखरेल, मुकुन्द मरासिनी, रमेश कुमार बस्नेत र राजेन्द्र कुमार भट्टको पनि सरुवा भएको छ ।

प्रतिकृया दिनुहोस्