News Portal

विवाह पार्टीमा महिलाको व्याग चोर्ने एकजना पक्राउ

फेवाखबर संवाददाता
५८ पटक

पोखरा
पोखरामा विवाह पार्टीमा महिलाको व्याग चोर्ने एकजना पक्राउ परेका छन् । पोखरा नदिपुरस्थित शाक्य समाज घरमा विवाहको पार्टीबाट महिलाको व्याग चोरी गरेका पोखरा महानगरपालिका १६ का ३५ वर्षीय सञ्जय श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

श्रेष्ठले काठमाण्डौकी ४५ वर्षीया ताराकुमारी लामिछानेको सुनको टप, तिलहरी र १७ हजार रुपैयाँसहितको ह्यााण्ड ब्याग चोरी गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए । पक्राउ परेका श्रेष्ठको साथबाट ब्याग, १२ हजार ५ सय रुपैयाँ, सुनको तिलहरी, टप, १ थान मोबाइल र चार्जर बरामद गरिएको डिएसपी विकले बताए ।

श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्