News Portal

आखा पाक्ने रोग (आई फ्लु) बाट कसरि बच्ने के के हुन् त लक्षण कसरि बच्ने :- पोखरा महानगरपालिका वडा नं.१४

फेवाखबर संवाददाता
११० पटक

आँखा पाक्ने रोगबाट कसरी बच्ने? के हुन्छन् लक्षण?
हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको मन्त्रालयले जनाएको छ। ‘यो रोग सङ्क्रामक भएकाले सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ,
जथाभावी आँखा नछुने, छुनु परेमा सावुन पानीले राम्ररी हात धुने, आँखालाई चिसोले सेक्ने र सेक्दा आँखा बन्द गरेर मात्रै सेक्ने, आँखा नमिच्ने, प्रशस्त मात्रामा पानी तथा पोषिलो खाना खाने, बाहिर घाममा निस्कँदा कालो चस्माको प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान राम्ररी धाेएर मात्रै प्रयोग गर्नुपर्दछ।
लक्षणहरू
आँखा पाक्ने रोगका प्रमुख लक्षणहरूमा आँखा रातो हुने र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा/चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने/दुख्ने र घाम वा उज्यालोमा हेर्न गाह्रो हुनेलगायत हुन्।

प्रतिकृया दिनुहोस्