News Portal

जि .स .स .कास्कीको लिजा र फ्रा सम्बन्धि अन्तरक्रिया

जि .स .स .कास्कीको लिजा र फ्रा सम्बन्धि अन्तरक्रिया

फेवाखबर संवाददाता
३१५ पटक

पोखरा,१४ मंसिर । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LIZA) र बित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ।
सो अन्तरक्रीया कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो ।
प्रमुख पौडेलले लिजा र फ्रा ले पालिकाहरूको कार्यसम्पादनको स्तरवृद्धिमा समेत सहयोग पुर्याउने उल्लेख गर्दै बिगतको बर्षको मुल्यांकनस्तरलाई केन्द्रमा राखेर दुर्बल पक्षलाई न्यूनीकरण गर्दै सबलतातर्फ उन्मुख हुन आग्रह गर्नुभयो ।
सरोकारवाला सबै पक्षहरूले इमानदारीपूर्बक काम गरेमा स्वत: कमजोरीहरू हटाउन सकिने उल्लेख गर्नुभयो।
शासकिय क्षमता अभिबृद्धीको मुल लक्ष्य मार्फत समृद्धि प्राप्त हुने हुदा सुसासनका लागि बित्तिय सुशासन महत्त्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो ।
जनप्रतिनिधि ,राष्टसेवक ,कर्मचारी र सबै सरोकारवालाहरूले समन्वयात्मक तबरले काम गरे मात्रै हामीले चाहेको बिकास र समृद्धिको सपना सार्थक हुने उहाँको कथन थियो।
कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा)को मुल्यांकन बिधि र स्थानीय तहहरूले गर्नु पर्ने कार्यहरूको सम्बन्धमा तथा बित्तिय सुशासन जोखिम मुल्यांकन (फ्रा) सम्बन्धमा कोष तथा लेखा नियन्त्रक केशवराज ढकालले सहजीकरण गर्नुभएको थियो।
उक्त कार्यक्रममा कास्कीका पाँच पालिकाका अध्यक्ष र कार्यकारी अधिकृत सहित सरोकारवाला जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर के. सि. , जिल्ला समन्वय समिति सदस्य बालिका सुवेदी ,जिल्ला समन्वय अधिकारी नबराज बराल सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्