News Portal

शिव टोलबाट ५ जना जुवाडे मध्यरातमा प्रकाउ

शिव टोलबाट ५ जना जुवाडे मध्यरातमा प्रकाउ

फेवाखबर संवाददाता
१८९ पटक

पोखरा,१४ मंसिर। वडा प्रहरी कार्यालय बैदामले जुवा खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बुधबार राति ११ बजे पोखरा महानगरपालिका–९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित ५ जनालाई  पक्राउ गरेको वडा  प्रहरी कार्यालय बैदामका प्रमुख  डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

लामाको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खान तलासी गर्दा उनीहरूलाई नगद २९ हजार ३ सय ४० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको श्रेष्ठले खुलाए ।

उनीहरुलाई नियन्त्रणमा लिइ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर सम्बन्धी मुद्धामा अनुसन्धान प्रकृया अगाडी बढाइएको श्रेष्ठले बताए  ।

 

प्रतिकृया दिनुहोस्