News Portal

नमुना सहकारी चोरी गर्ने क्षेत्री कारागार चलान

नमुना सहकारी चोरी गर्ने क्षेत्री कारागार चलान

फेवाखबर संवाददाता
९३ पटक

पोखरा,४ मंसिर । नमुना बहुउद्घेश्य सहकारी तथा संस्थामा चोरी गर्ने व्यक्ति कारागार चलान ।

कास्की जिल्ला माच्छापुच्छ्रे गाँउपालिका वडा नं ४ बस्ने ४१ वर्षका सुर्य बहादुर घर्ति क्षेत्रलाई पक्राउ कार्तिक ५ गते वडा प्रहरी कार्यलय बैदामबाट खटिएको प्रहरी टोलीले प्रकाउ गरेको थियो ।जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान प्रश्चात मंसिर ४ गते जिल्ला अदालत कास्कीले प्रतिबादि क्षेत्रीलाई कारागार चलान गरेको छ ।

क्षेत्रीले रातको समयमा सहकारी संस्थाको ताला तोडेर सिसि क्यामरा फुटाइ विभिन्न धनमाल चोरी नोकसानी पुर्‍याएको अनुसन्धानमा खुल्न आएको छ।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२१ स्थितमा रहेको नमुना बहुउदेश्य सहकारि संस्था तोडफोड गरी उक्त सहकारीसंस्थाको मुल ढोका ,सहकारि भित्र रहेको सिसि टिभी  क्यामेरा थान कम्प्युटर मनिटर थान,स्टिल दराज समेत तोडफोड गरी पुर्णरुपम क्षति पुर्‍याएको सहकारीमा रहेको स्टिल दराज भित्र घर्रामा रहेको नगद रु ६०,०००।रुपैया समेत चोरि गरि फरार भएको हुदाचोरि गर्ने ब्याक्तीको खोजतलास गरि कानुन बमोजिम कारबाहि गरीपाँउ भन्ने  नमुना बहुउदेश्यि सहकारि संस्थाको निबेदनको आधारमा  सहकारि संस्था फोडि चोरि गर्ने ब्याक्ती उक्त सहकारी संस्थाको सिसि टिभि फुटेजको अधारमा खोजतलास तथा अनुसन्धानको क्रममा  कार्तिक ०५ गते जिल्ला कास्की माच्छापुच्छ्रे गा.पा.वडा नं.०४ स्थित आफ्नै घरकोठामा बर्ष ४१ का सुर्य बहादुर घर्ति क्षेत्रीलाईफेला पारी रितपुर्बक जरुरि पक्राउ पुर्जी दिई पक्राउ गरि थप अनुसन्धान पश्चात मिति मंसिर ०४ गते कास्की जिल्ला अदालतमा अभियोग पत्र साथ पेश भएका प्रतिबादिलाई सम्मानित कास्की जिल्ला अदालतले पुर्पक्षको लागि कारागार कार्यालय कास्की चलान भएको

 

प्रतिकृया दिनुहोस्