News Portal

एमाले मुस्ताङको अधिबेशन चैत्रको तेस्रो हप्ता प्रस्ताव

बिकास गर्ने तागत एमाले संग मात्रै छ - एमाले सचिब गोकर्ण बिष्ट

फेवाखबर संवाददाता
१३६ पटक

जोमसोम ,३ मंसिर । ने क पा ( एमाले )मुस्ताङको अधिबेशन चैत्रको तेश्रो साता हुने भएको छ।

सो पार्टिको सनिबार सम्पन्न जिल्ला कमिटी सचिबालयको बैठकले चैत्रको तेस्रो हप्ता गर्ने प्रस्ताव गरेको हो ।
बैठकले पार्टी संगठन सुदृढीकरणका लागि विभिन्न योजना निर्माण गरेको छ ।

जसअन्तर्गत पार्टी सदस्यता बिस्तार र जनप्रतिनिधिहरुकाे प्रशिक्षण कार्यक्रम गर्ने कार्ययाेजना निर्माण गरेकाे छ।

बैठक गण्डकी प्रदेशका इन्चार्ज समेत रहनु एमाले सचिब गोकर्ण बिष्टको प्रमुख उपस्थितिमा सम्पन्न भएको थियो।
सचिब बिष्टले समाजबादकाे आधार निर्माणका लागि उत्पादनमा ध्यान दिनुपर्ने भन्दै स्थानीय उत्पादनलाई बजारिकरण गरेर नै संमृध्दि प्राप्त गर्न सकिने बताउनुभयो ।मुस्ताङकाे बिकासका लागि नेकपा(एमाले)नेतृत्वकाे सरकारले गरेका काम ऎतिहासिक र विशेष रहेको भन्दै सचिब बिष्टले समृद्धिको खास योजना र देशलाइ बिकास को बाटोमा तिब्रतर अगाडि बढाउन आफ्नो पार्टी मात्रै सक्षम भएको उल्लेख गर्नु भयो ।
अहिलेको गठबन्धन सरकारले योजनाबिना नै देश चलाउने प्रयत्न गरेका कारण मुलुकमा अराजकता बढेको जिकिर गर्नुभयो । बैठकमा प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी ले बार्षिक कार्ययाेजना र कार्यतालिका निर्माण गरी कामलाई अघि बढाउन तथा प्रत्येक पालिका कमिटीहरुले आफ्नाे पालिकाका मतदातहरुकाे ६ प्रतिशत जनतालाई पार्टी सदस्यता प्रदान गरि समृद्धिको अभियान अगाडि बढाउने गरी काम गर्न अनुरोध गर्नुभयो ।

बैठकमा केन्द्रीय सदस्यहरु चन्द्र माेहन गाैचन,टसी स्याङ्वाे गुरङ ,प्रदेश कमिटी सदस्यहरु प्रमेश गुरुङ र समिता शेर्पा , एमाले बाग्लुङ जिल्ला कमिटीका अध्यक्ष हिरा वहादुर केसी सहितको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्