फेवाखबर संवाददाता
पोखरा ,२ मंसिर । अनेरास्ववियु जिल्ला कमिटी कास्कीद्वारा पोखरा महानगरपालिका वडा नम्बर २९ घोतघोतेमा दृष्टिविहीन निवासमा भएको आगलागीबाट क्षति भएका पीडितलाई सामग्री वितरण गरेको छ ।
शनिबार पीडितको क्षेत्रमै पुगेर १५ हजार बराबर राहत सामग्री वितरण गरिएको अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।
राहतमा चामल, दाल, तरकारी, दालमोठ, चिउरा, भुजा लगायत अन्य करिव एक हप्तालाई पुग्ने गरी प्रदान गरिएको अध्यक्ष पोखरेलेले बताए ।
स्थानीय जनप्रतिनिधिहरुको रोवरमा राहत सामग्री वितरण गरेको हो । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय लेखा आयोगका अध्यक्ष सुनिल तिमिल्सिनासहित अनेरास्ववियुको जिल्ला स्तरीय नेताको उपस्थिति थियो ।