News Portal

चापापानी सिद्वार्थ सहकारीको अध्यक्षमा कार्की 

फेवाखबर संवाददाता
४०१ पटक

पोखरा 

पोखरा १२ पुरानोधारामा रहेको चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौ साधारण सभा तथा पाचौ अधिवेशनले दिपक कार्कीको अध्यक्षतामा नया कार्यसमिती सर्वसमम्त चयन गरेको छ । समितिको उपाध्यक्षमा श्याम प्रसाद साँखी सचिवमा ईन्दिरा कोइराला कोषाध्यक्षमा ईन्द्रदत्त बराल रहेका छन् भने सदस्यहरूमा मनोहरिपौडेल,गुप्त वहादुर कार्की,बल वहादुर कार्की , दान वहादुर बस्नेत, कल्पना कार्की, अनिता राना मगर, मनोज कार्की सर्वसम्मत चयन भएका छन् । संस्थाको लेखा संयोजकमा चित्र प्रसाद दाहाल तथा सदस्यहरूमा चित्र प्रसाद आचार्य  कृष्णराज पौडेल चयन भएका छन् 

यस अघि सहकारीकोे चौधौ साधारण सभा तथा पाचौ अधिवेशनमा वोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सहकारी रजिष्टार चोलाकान्तवाग्लेले सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्न सेयर सदस्यलाई आग्रह गरेका छन् । वाग्लेले अहिले बजारमा जुन नाफाको पछि सहकारीहरू हिडेका छन त्यस्ता सहकारीहरू र जुन सहकारी प्राईभेट किसिमले चलेका छन त्यस्तासहकारीहरू जोखीममा रहेका बताउदै सहकारीले धेरै निक्षेप संकलन गर्देमा सहकारी राम्रो नहुने बताए ।

कार्यक्रमा पोखरा महानगरपालिका १२ का वडा अध्यक्ष  सन्तोष वास्तोलाले बजारमा सहकारीहरूको नकारात्मक प्रचार भइरहेको स्मरणगर्दै समुदायको उन्नति र प्रगतिको साथी भनेको सहकारी बन्न सक्नु पर्नेमा जोड दिए । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेश बहादुर कार्कोले चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाकास्कीका औलामा गनिने सहकारीहरु मध्यमा चिनिने सस्था भएकोले सहकारीका सदस्यहरुले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने बताउदै सहकारीलाई आगामी दिनमा खराब ऋणलाइ कानुनी उपचार गरी उठाउन लाग्नुपर्ने बताए । कार्यक्रममा पुरानोधारा सहकारीका अध्यक्ष कृष्ण प्रसाद कोईरला संस्थाका सल्लाहकार डा नगेन्द्र बहादुर भण्डारी लगाएतले बोलेका थिए ।

सहकारीका अध्यक्ष नरेश बहादुर कार्कीले अध्यक्षको प्रतिवेदन सचिव श्याम प्रसाद साँखीले सचिवको प्रतिवेदन ऋण लगानी समितिकासंयोजक गुप्त बहादुर कार्कीले ऋण लगानीको प्रतिवेदन लेखा सयोजक कुल प्रसाद दाहालले लेखा समितिको प्रतिवेदन कोषाध्यक्षइन्द्रदत्त बरालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका अध्यक्ष नरेश बहादुर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सहकारीका सह सचिव दिपक कार्कीले स्वागत मन्तब्य राखेका थिए भने सचिव श्यामप्रसादले कार्यक्रम सन्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्