News Portal

लेखनाथस्थित किराना पसलको स्टोरमा आगलागी हुँदा १ करोड बढीको क्षति, लेखनाथ क्षेत्रमा दमकलको माग

लेखनाथस्थित किराना पसलको स्टोरमा आगलागी हुँदा १ करोड बढीको क्षति, लेखनाथ क्षेत्रमा दमकलको मा

फेवाखबर संवाददाता
३०७ पटक

पोखरा: पोखरा महानगरपालिका ३० लेखनाथ चोखीमाटीचोकस्थित एक किराना पसलमा आगलागी हुँदा १ करोड २५ लाख बढीको क्षति भएको छ ।

लेखनाथ चोखीमाटीचोकस्थित शोभा मोहन पौडेलले किराना पसलमा हिजो राति लागेको आगलागीले किराना पसलको स्टोरमा भएको सामान र फर्निचरमा क्षति पुगेको पोखरा महानगरपालिका ३० का वडासदस्य भिमकुमारी पुनमगरले जानकारी दिइन् ।

हिजो (सोमबार) राति अन्दाजी ११ बजे एक्कासी लागेको आगो १२ बजेपछि मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । किराना पसलको स्टोरमा कसरी आगलागी भयो भनेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

राति किराना पसलको स्टोरमा आगो लागेको थाहा पाएपछि पोखरा दमकललाई जानकारी गराएपनि दमकल केही ढिला लेखनाथ पुग्दा बढी क्षति भएको एक स्थानीयले बताए । उनले लेखनाथ क्षेत्र पोखरा महानगरपालिकामा पर्ने भएपनि सो क्षेत्रमा एउटापनि दमकल नहुदा आगलागीबाट बढी क्षति हुने गरेको गुनासो गरेका थिए ।

प्रतिकृया दिनुहोस्