News Portal

चितवन २ बाट आधा लाख मत पाएर रवि लामिछाने पुनः विजयी

चितवन २ बाट आधा लाख मत पाएर रवि लामिछाने पुनः विजयी

फेवाखबर संवाददाता
२१९ पटक

चितवन: चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने विजयी भएका छन् ।

वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७५ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी भएका हुन् ।

उनले ४३ हजार १६१ मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पराजित गरेका हुन् । जितनारायण श्रेष्ठले ११ हजार ११४ मत प्राप्त गर्दा, नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले १० हजार ९३४ मत पाए ।

अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार तीन सय मत ल्याएका थिए ।

 

प्रतिकृया दिनुहोस्